ad728

Tuesday, August 28, 2018

नेपाल राष्ट्र बैंकमा दितिय पत्रमा सोधिएका सामन्यज्ञान २०७४

नेपाल राष्ट्र बैंकमा दितिय पत्रमा सोधिएका सामन्यज्ञान

१) बिक्रमादित्य को हुन ??
आजभन्दा लगभग २२०० बर्ष पहिले जन्मेका भारत स्थित उज्जैनका राजा गन्धर्व सेनका पुत्र थिए । उनकै नाम बाट बिक्रम संवतको सुरुवात भएको हो ।

२) नेपालको सिमाना देखि सबैभन्दा नजिक रहेको सामुन्द्रीक इलाका कुन हो ??
हिन्द महासागरको उत्तर पुर्वी भाग बंगालको खाडी हो । नेपाल बाट यसको दुरि ११२६ किमि रहेको छ ।

३) नथिया उपन्यासका कृतिकार को हुन ??
कवि सरस्वती प्रतिक्षा

४) १३ औ योजनाको अन्त्य सम्म नेपालमा कति प्रतिशत जनता गरिबिको रेखामुनी रहेका थिए ??
२१.६%

५) नेपाको बर्तमान संविधानमा उल्लेखित प्रत्यक नागरिकका २ वटा कर्तब्य के के हुन ??
क) राष्ट्र प्रती निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु
ख) संविधान र कानुनको पालना गर्नु

६) मानिसको टाउकोमा Cranial Bones कतिवटा हुन्छन ??
८ वटा (टाउको मा जम्मा २९ वटा Bones हुन्छन ।)

७) नेपालका महानगरपालिकाहरुको नाम लेख्नुहोस ??
क) काठमाडौ महानगरपालिका
ख) भरतपुर महानगरपालिका
ग) पोखरा लेखनाथ महानगरपालिका
घ) बिरगंज महानगरपालिका
ङ) बिराटनगर महानगरपालिका
च) ललितपुर महानगरपालिका

८) "The Theory of Everything" नामक पुस्तकका लेखक को हुन ??
Jane Hawking

९) नेपालको संविधान बमोजिम स्वतन्त्र परराष्ट्र नीति संचालन गर्ने ३ वटा आधारहरु के के हुन ??
क) संयुक्त राष्ट्र संघको बडापत्र
ख) असंलग्नता
ग) पन्चशिलको सिद्वान्त

१०) नेपालको संविधान बमोजिक स्थानिय तह अन्त्रगर्त कुन कुन निकाय पर्दछन ??
नेपालको संविधान अनुसार स्थानीय तह भन्नाले गाउँपालिका, नगरपालिका र जिल्ला सभा हो ।

११) लाखे जात्रा कसले सुरु गरेका हुन ?? कुन जात्राको अवसरमा लाखे नाच नाचिन्छ ??
गुणकामदेव ले सुरु गरेका इन्द्रजात्रामा अवसरमा लाखे  नाच नाचिन्छ ।

१२) Stale चेक भनेको के हो ??
A stale check is not an invalid check, but it may be deemed an 'irregular' bill of exchange. A bank may refuse to honor it unless its drawer reconfirms it payment either by inserting a new payment date or by issuing a new check. Also called stale dated check.

१३) नेपाल राष्ट्र बैंक ऎन बमोजिम बिनिमय अधिकारपत्रले के के समेट्दछ ??
प्रतिज्ञापत्र, विनिमयपत्र वा चेक

१४) नेपाल राष्ट्र बैंकले वि.सं २०७४ साउन ३१ गते प्रचलनमा ल्याउन जारी गरेको रु ५ को नोटमा अंकित चित्र चित्रहरु लेख्नुहोस ??
तलेजु भवानीको मन्दिर भएको ठाउँमा भूकम्प अघिको काष्ठमण्डप मन्दिरको चित्र अंकित छ । सगरमाथाको चित्रको विकल्पमा हुम्लाको लिमि क्षेत्रको हिमाल र याकहरुको ठाउँमा वन्य याक राखिएको छ ।

१५) नेपाल राष्ट्र बैंकले ब्यबस्था गरे अनुसार क र ख बर्गका रास्टियस्तरका बैकले कति चुक्ता पुजि पुर्याउनु पर्नेछ ??
क बर्गका बैंकको ८ अर्ब र ख बर्गका बैंक २५० करोड

१६) KYC, AML र CFT को पूरा रुप लेख्नुहोस ??
KYC:- Know Your Customer
AML:- Anti-Money Laundering rules
CFT:- Combating the Financing of Terrorism

१७) केन्द्रिय तथ्यांक बिभाग द्वारा २०७५ बैसाखमा सार्वजनिक गरिएको तथ्यांक अनुसार नेपालिको प्रतिब्यक्ती आय कति छ ??
१ हजार ४ डलर (नेपाली १ लाख ६ हजार ३ सय ३३ रुपैयाँ बराबर हुन्छ ।)

१८) अन्तरास्ट्रिय मुद्रा कोषको प्रतिवेदन अनुसार GDP का आधारमा सन २०१७ को बिस्वकै धनी रास्ट्र कुन हो ??
कतार

१९) संयुक्त राष्ट्र संघका बर्तमान उपमहासचिव को हुन र कुन देशका हुन ??
अमिना जे महम्मद नाइजेरिया कि (सन २०१६ जनावरी १ देखि हाल सम्म)

२०) सन २०१८ मा भारतको प्रसिद्व पद्मश्री पुरस्कार को नेपालिले प्राप्त गरे ??
डा. सुन्दुक रुइत
Share:

0 comments:

Post a Comment

Total Pageviews

Sponsor

Sponsor

ad300

Blog Archive