ad728

Saturday, October 7, 2017

कार्यालय व्यवस्थापन

कार्यालय व्यवस्थापन र यसका महत्त्वहरु 

कुनै खास व्यवसायीक वा प्रशासनिक कार्य सम्पादन गर्ने स्थान नै कार्यालय हो ,जहाँ कार्यालयको सञ्चालन र समन्वय गर्न विविध प्रकारका सुचना तथा तथ्यांकको संकलन,वर्गीकरण,विश्लेषण र संरक्षण गर्ने कार्य गरिन्छ ।
कार्यालयको पुर्व निर्धारित लक्ष्य तथा उद्धेश्य हासिल गर्नका लागि आवश्यक साधन स्रोत (मानवीय,भौतिक तथा वित्तीय)को संकलन गर्ने ,तिनिहरूको समन्वय गर्ने ,व्यवस्थित ढंगले परिचालन गर्ने तथा कार्य सम्पादन गर्ने कार्यहरूको योजना बनाउने ,नियन्त्रण गर्ने र निर्देशन गर्ने जस्ता व्यवस्थापकीय कार्य गर्नु नै कार्यालय व्यवस्थापन हो ।
कार्यालय व्यवस्थापनले उपलब्ध साधन स्रोतको अधिकतम उपयोग र परिचालन गरि कार्यालयलाई बढी उत्तरदायी ,व्यवहारिक ,प्रतिफलदायी , मितव्ययी तथा सरल बनाउने कार्यमा सहयोग गर्ने हुँदा कार्यालयमा यसको महत्त्व रहेको छ ।

कार्यालय व्यवस्थापनका थप महत्त्व यसप्रकार छन्

  • मितव्ययी ढंगबाट कार्यालयको लक्ष्य हासिल गर्न
  • प्रभावकारी सञ्चार सेवा प्रवाह गर्न
  • सुचनाको संकलन ,वर्गीकरण तथा विश्लेषण गरि निर्णय प्रक्रियामा उपलब्ध गराउन
  • कार्यालयको क्रियाकलापहरूमा एकरुपता ल्याउन
  • कर्मचारीलाई उच्च मनोबलका साथ अभिप्रेरित गराइ राख्न
  • कार्यालयको efficiency & effectiveness मा अभिवृद्धि गर्न
  • कार्यालयका उपलब्ध स्रोत साधनको प्रभावकारी परिचालन गर्न
  • कार्यालयका प्रशासनिक कार्यहरूलाई समयानुकूल बनाउन ,इत्यादी
Share:

0 comments:

Post a Comment

Total Pageviews

Sponsor

Sponsor

ad300

Blog Archive