ad728

Thursday, October 25, 2018

ऋणपत्र के हो ?

ऋणपत्र के हो ?


कूल ऋण पूँजीलाई सर्वसाधरण सबैले खरिद गर्न सक्ने गरि स-साना एकाईहरुमा विभाजन गरिएको एकाईहरुलाई ऋणपत्र भनिन्छ । अझै प्रष्ट रुपमा भन्नु पर्दा ऋणपत्र भन्नाले कम्पनीले ऋणमा लगानी गर्ने पक्षलाई ऋणको रकम, ब्याजदर र भुक्तानी विधि, अचल जायजेथा धितो राखेको भए सोको अवस्था आदि शर्तहरु उल्लेख गरि आधिकारिक रुपमा गरिदिएको लिखित पत्र हो ।

यसरी कम्पनीले सार्वजनिक सूचना प्रकाशन गरि कम्पनीको अचल जायजेथा धितो वा बन्धक राखि वा नराखी ऋण पूँजी उठाउन सक्छ । यसमा लगानी गर्ने लगानीकर्ताले आफुले गरेको लगानी रकममा तोकिएको ब्याजदर प्राप्त गर्दछन् । साधारण सेयर र अग्राधिकार सेयरधनीलाई लाभांश दिनुअघि नै ऋणपत्रका लगानीकर्ताले ब्याज प्राप्त गर्दछन् ।

संगठिक संस्था नोक्सानीमा गएपनि लगानीकर्ताले प्राप्त गर्ने ब्याज भने प्राप्त गर्दछन् कुनै बाधा पर्देन । कथमकदाचित कम्पनीले ऋणपत्र जारी गर्दा तोकिएको दर र समयमा प्राप्त गर्न असमर्थ भएमा ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले कम्पनीलाई खारेजीमा पठाउनका लागि कारवार्ही समेत चलाउन सक्दछन् ।  प्राय जोखिम लिन नचाहने लगानीकर्ताका लागि ऋणपत्रमा लगानी उत्तम विकल्प हो ।

ऋणपत्र खरीद गर्दा हुने फाइदा

कम्पनीहरुले अर्धवाषिर्क र बार्षिक रुपमा ब्याज भुक्तानी गर्ने गर्छन् । जसले गर्दा यस डिबेन्चरमा जम्मा भएको रकमले कुनै आम्दानी नगरे पनि बार्षिक रुपमा दिने भनीएको ब्याज प्रदान गर्ने ग्यारेन्टी गरिएको छ । ऋणपत्रमा लगानी गर्दा लगानीकर्ता (ऋणपत्र धनी)ले कम जोखिममा वार्षिक रुपमा निश्चित प्रतिशत ब्याज प्राप्त गर्न सक्छन् । जसले गर्दा बचत तथा मुद्दती खाताहरुमा भईंरहने ब्याज दर परिवर्तनले हुने जोखिम यसका लगानीकर्ताले उठाउनु पर्दैन ।

कम्पनीले साधारण शेयर र अग्राधिकार शेयरका लगानीकर्ताहरुलाई लाभांश वितरण गर्नुअघि ऋणपत्र धनीलाई ब्याज दिनुपर्छ । कम्पनीले नोक्सानमा गएको बर्ष शेयर लगानीकर्ताहरुलाई लाभांश नबाड्ने भए पनि ऋणपत्र धनीलाई अनिवार्य रुपमा ब्याज भुक्तान गर्नुपर्छ ।

शेयरजस्तै डिबेन्चर धितोपत्र बजारमा पनि सुचिकृत हुने हुदा सजिलै किनबेच गर्न सकिन्छ । अन्य बैंकहरुमा धितो राखेर ऋण लिन सकिने र निर्धारीत अवधि समाप्त भएपछि एकमुष्ठ भुक्तानी पाईने भएकाले लगानीकर्ताहरुलाई दीर्घकालीन रुपमा फाइर्दा नै हुनेछ ।

रकम फिर्ता हुने ऋणँपत्र (रिडिमेबल डिबेञ्चर) तोकिएको समयमा साँवा र ब्याज भुक्तानी गर्ने शर्तमा निष्कासन गरिएको हुन्छ, जसले गर्दा लगानीकर्ताले साँवा रकमसमेत फिर्ता पाउछन् ।

 त्यसैगरी, कतिपय ऋणपत्र शेयरका रुपमा परिणत हुने खालका समेत हुन्छन् । तर, नेप्सेमा सूचीकृत भएका ऋणपत्रको कारोबार नभएकाले ती ऋणपत्रको मूल्य स्थिर रहन्छ । बार्षिक रुपमा एकनासको आम्दानी ढुक्कले चाहने लगानीकर्ताहरुका लागि यो ऋण पत्र लगानीको उत्तम विकल्प हुने देखिएको छ
Source: MeroLagani
This article is taken from Merolagani.com post please click the above link for the original post. Thank You.
Share:

0 comments:

Post a Comment

Total Pageviews

Sponsor

Sponsor

ad300